Paywear Banner Desktop
Paywear Banner Desktop

‘कबड्डी ५’ ले १३ करोड नजिक कमाउँदा ‘पाँच पाण्डव’को जम्मा कमाइ साढे ४३ लाख

काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो सप्ताहन्तसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । आइतबारसम्मको विवरणअनुसार, ‘कबड्डी ५’ को कमाइ झन्डै १३ करोड रुपैयाँ ग्रस छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मले सोही अवधिसम्म १२ करोड ९४ लाख रुपैयाँ ग्रस कमाएको छ । आइतबारसम्म यसलाई ४ लाख २२ हजार जनाले हेरेका छन् ।

हरिवंश आचार्य स्टारर ‘पाँच पाण्डव’को कमाइ ५० लाख रुपैयाँ ग्रस पनि पुगेको छैन । आइतबारसम्म वसन्त निरौला निर्देशित फिल्मले जम्मा ४३ लाख ५० हजार रुपैयाँ ग्रस कमाएको छ र यसलाई १२ हजार जना दर्शकले हेरेका छन् ।

‘आबाट आमा २’को कमाइ ६ करोड ९१ लाख रुपैयाँ ग्रस छ । ‘छ माया छपक्कै २’ले ३ करोड ४३ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘१२ गाउँ २’ ले २ करोड ३२ लाख रुपैयाँ ग्रस कमाएको छ ।

‘पेन्सन पट्टा’को कमाइ १० करोड ३५ लाख रुपैयाँ ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!