Paywear Banner Desktop
Paywear Banner Desktop

उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री

काठमाडौं । ‘खुस्मा’ फेम्ड अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो फिल्म ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ ।

निर्देशक मगरले अमेरिका र क्यानडाको राइट्स बिक्री भएको जानकारी दिएका हुन् ।

पिएनएम एलएलसीले अमेरिका र क्यानडाको प्रदर्शन अधिकार किनेको हो । अमेरिका र क्यानडामा प्रदर्शन मिति वितरक र निर्माताबीचको सल्लाहमा तय गरिने निर्देशक मगरले बताएका छन् ।

फिल्ममा समावेश ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन् ।

सार्वजनिक गीत तथा टिजरले दर्शकमाझ चर्चा बटुलिरहेका छन् । विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् ।

‘चाँदी जलप’सँगै अन्य दुई गीत ‘कलेजीको छेऊ’ र ‘जाले रुमाल मायालाई’ पनि रिल्स तथा सर्ट्समा रुचाइएका छन् । सार्वजनिक गीत र टिजरले दर्शकमाझ चर्चा पाउनुका साथै सिनेमाप्रति दर्शकको उत्सुकता पनि बढाएको छ ।

आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुने फिल्मको कथा मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ । निर्देशक मगरकाअनुसार मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ‘जलाकी’ ।

उनले यही शब्दमा सिनेमा बनाएका हुन् । यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर सिनेमामा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको उनले बताए ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

यो फिल्मबाट मिस सिक्किम सौन्दर्य प्रतियोगिताकी विजेता साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यू गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । ‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!