Paywear Banner Desktop
Paywear Banner Desktop

फ्राइडे रिलिज : ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ आजदेखि फिल्म हलमा

काठमाडौं । शुक्रबारदेखि हलमा दुई नेपाली फिल्महरू ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ प्रदर्शनमा आएका छन् । यी दुई फिल्म भिन्न जनरामा आधारित रहेकाले दर्शकलाई रुचिअनुसार हेर्ने सुविधा छ ।

अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’मा प्रेम, परिवारिक स्नेह, आप्रवासीको मुद्दा लगायतका विषयवस्तुलाई प्रस्तुत गरिएको छ । यसमा सोनम तोप्देन, उपासनासिंह ठकुरी लगायतको शीर्ष भूमिका छ ।

१७० मिनेट रनटाइमको यो फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको छ । यसको अर्थ, जुनसुकै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् ।

शुक्रबारदेखि नै धीरज राजवंशी निर्देशित फिल्म ‘हिमालयन गोल्ड’ पनि प्रदर्शनमा आएको छ । यो फिल्ममा परीक्षा लिम्बु, सुनिल थापा, कार्म, मेनुका प्रधान लगायतको शीर्ष भूमिका छ ।

थ्रीलर जनरामा राखिएको यो फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट एडल्ट प्रमाणपत्र पाएको छ । यसको रनटाइम १३८ मिनेट छ । प्रशस्त हिंसात्मक दृश्यका कारण यसलाई १६ वर्ष मुनिका दर्शकले हेर्न पाउनेछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!