Paywear Banner Desktop
Paywear Banner Desktop

पोखरामा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखरा । होटल संघ पोखराको आयोजनामा बुधबार आयोजित भाइटीका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटकले भाइटीका लगाएका छन्।

लेकसाइडमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई टीका लगाइदिएका हुन्। महोत्सवमा अमेरिका, बेलायत, चीन, जापान, अस्ट्रेलियालगायत देशका पर्यटक सहभागी थिए।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संघले भाइटीका महोत्सवलाई निरन्तरता दिएपछि पोखराका विभिन्न होटलमा समेत पर्यटकलाई टीका लगाउने कार्यक्रम आयोजना हुन थालेको बताए।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए।

महोत्सवमा विदेशी पर्यटकले देउसीभैलो खेलेर, नाचगान गरेर र सेलरोटीको स्वाद लिएर तिहारको खुसी साटेका थिए। टीकाग्रहण गरेपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुष पर्यटकलाई ढाका टोपी उपहारस्वरूप प्रदान गरिएको थियो।

टीकाग्रहण गरेपछि लिथुआनियाकी पर्यटक मोनिकाले नेपाली जनता र तिहारको सांस्कृतिक पक्ष आफूलाई निकै मन परेको अनुभव सुनाइन्। मर्दी हिमाल पदयात्राका क्रममा हिमाल राम्रोसँग देख्न नपाए पनि पदयात्रा भने निकै स्मरणीय बनेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!