काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नेपालीसहित ५ फिल्म प्रदर्शनमा आएका छन् । ‘आबाट आमा २’ र ‘१२ गाउँ २’ नेपाली हुन् भने रजनीकान्तको ‘जेलर २’, यामी गौतमको ‘नई नाभेली’ हिन्दी भाषाका हुन् ।
‘स्ट्रिट फाइटर’ जापानी मार्सल आर्ट्सको हलिउड फिल्म हो । प्रदर्शनमा आएकामध्ये सबै पाँच फिल्मका जनरा अलग अलग छन् । यसकारण, दर्शकलाई आफ्नो स्वादअनुसार फिल्म हेर्ने सुविधा छ ।
‘आबाट आमा २’ अघिल्लो फिल्मको दोस्रो संस्करण हो । चन्द्र पन्त निर्देशित यो फिल्ममा पल शाहको शीर्ष भूमिका छ । १५७ मिनेट रनटाइमको यो फिल्म पारिवारिक कथावस्तुमा आधारित छ ।
‘१२ गाउँ २’ पनि अघिल्लो हिट फिल्मको सिक्वेल हो । विराज भट्टको शीर्ष भूमिका र निर्देशन रहेको यो फिल्म एक्सनप्रधान फिल्म हो जहाँ, उनका छोरा समीर भट्टलाई पनि देख्न सकिन्छ । यसको रनटाइम १७२ मिनेट छ ।
रजनीकान्तको शीर्ष भूमिकामा रहेको दक्षिण भारतीय फिल्म ‘जेलर २’ ले एडल्ट सर्टिफिकेट पाएको छ । यसलाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउनेछैनन् । यसको रनटाइम १६५ मिनेट छ ।
हलिउडको ‘स्ट्रिट फाइटर’ जापानी मार्सल आर्ट्सको कथावस्तुमा आधारित छ । १२० मिनेट रनटाइमको यो फिल्मलाई पनि १६ वर्ष मुनिका दर्शकले हेर्न पाउनेछैनन् ।
यामी गौतम स्टारर हिन्दी फिल्म ‘नाई नाभेली’ को रनटाइम १३८ मिनेट छ । यो फिल्मलाई कमेडी र फेमिली ड्रामा जनरामा राखिएको छ ।