Paywear Banner Desktop
Paywear Banner Desktop

प्रवासीलाई अर्थमन्त्रीको आह्वान- अब ढुक्क भएर नेपालमा लगानी गर्नुस्

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको जिकिर गर्दै प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।

चीनको ग्वाङजाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा लगानी गर्न आग्रह गरेका हुन्। सरकारले लागनीको वातावरण बनाएको उनको भनाइ थियो।

‘प्रवासी साथीहरू अब ढुक्कसाथ नेपालमा आएर लगानी गर्नुस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘पर्यटनमा लगानी गर्नुस्, आईटीमा लगानी गर्नुस्। स्वच्छ उर्जामा लगानी गर्नुस्। हाइभ्याल्लु अग्रिकल्चरमा लगानी गर्नुस्।’

सरकारले आर्थिक सुधारका कार्यलाई तिब्रता दिएको जिकिर गरे। गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटमार्फत सरकारले २७ वटा नयाँ ऐन परिमार्जन तथा तर्जुमाको प्रक्रिया अघि बढाएको बताए।

‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौँ,’ उनले भने, ‘पाँच वर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको जग बसाल्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने र अन्तिम दुई वर्ष सुधारबाट प्राप्त प्रतिफल नेपाली जनतालाई लाभांशका रूपमा वितरण गर्ने हाम्रो लक्ष्य छ।’

त्यस्तै, सार्वजनिक संस्थानहरूको सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिमा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याएको उनको भनाइ छ।

सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत बाधाहरू हटाउँदै लगेको बताउँदै उनले हालै ‘धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली’ मा संशोधन गरिएको जानकारी दिए। उक्त संशोधनमार्फत एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने शेयरमा ८५ प्रतिशतसम्मको हिस्सा सुनिश्चित गरिएको र यसले डायस्पोराको लगानीलाई उच्च प्राथमिकता दिएको सन्देश प्रवाह गरेको उनले बताए।

सरकारले ‘सफ्ट पावर’ का रूपमा डायस्पोराको लगानीलाई विशेष प्रश्रय दिएको उनको भनाइ थियो। स्वदेशी उत्पादन प्रवर्द्धन र आयात प्रतिस्थापनका क्षेत्रमा समेत सहभागी हुन एनआरएनएका सदस्यलाई उनले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!