काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् ।
आज बजेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ ।
रावल हाल राष्ट्र बैंक सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत थिए । उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।