काठमाडौं । दशैं सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो बढेको छ। ललितपुरको बडीखेलस्थित ग्याम्पे डाँडामा पाकेर पहेँलपुर बनेको धान काट्न किसानहरू व्यस्त छन्।
खेतमा लहलहाएको धान काट्ने, सुकाउने र भित्र्याउने काममा किसानहरू जुटिरहेका छन्। बंगालको खाडीमा विकसित अर्नव नामक चक्रवातले शुक्रबार र शनिबार देशभर झरी हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणपछि पनि किसानलाई धान काट्न भ्याइनभ्याइ छ ।
तस्वीर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक






