Paywear Banner Desktop
Paywear Banner Desktop

पर्यटकीय क्षेत्र लुक्लामा गाडी पुग्यो, सगरमाथा जान सजिलो हुने

सुर्केबाट लुक्ला पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । सडकको ट्र्याक लुक्लासम्म खुलेसँगै सगरमाथा क्षेत्रको प्रमुख प्रवेशद्वार सडक सञ्जालसँग जोडिएको छ ।

सोलुखुम्ब । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिकाअन्तर्गत विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र लुक्लामा पहिलोपटक सडकबाट गाडी पुगेको छ ।

नयाँ सडकको ट्र्याक खुलेसँगै निर्माण कम्पनी रिकोट ब्रदर्श जेभीको गाडी सोमबार लुक्ला बसपार्कसम्म पुगेको हो । निर्माण कम्पनीले दसैँअघि नै लुक्लासम्म सडक पुर्‍याउने प्रतिबद्धता जनाएको थियो ।

सोहीअनुसार सडक निर्माणको काम अघि बढाएको कम्पनीले लुक्ला बसपार्कसम्म गाडी पुर्‍याउन सफल भएको जनाएको छ ।

यसअघि सवारीसाधन सुर्केसम्म मात्रै पुग्ने गरेका थिए । सुर्केबाट लुक्ला पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । सडकको ट्र्याक लुक्लासम्म खुलेसँगै सगरमाथा क्षेत्रको प्रमुख प्रवेशद्वार सडक सञ्जालसँग जोडिएको छ ।

यसबाट स्थानीय बासिन्दाको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा पर्यटकीय गतिविधिमा सहजता आउने अपेक्षा छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार सडक निर्माण आयोजनाको सम्झौता रकम मूल्य अभिवृद्धि कर (भ्याट) तथा छुटसहित करिब दुई करोड ४४ लाख ८९ हजार ७९४ रुपैयाँ रहेको छ ।

लुक्ला क्षेत्र लामो समयदेखि हवाई सेवामा निर्भर रहँदै आएको छ । सडक यातायातको पहुँच विस्तार भएसँगै यस क्षेत्रको ढुवानी तथा आवागमनमा सहजता थपिनुका साथै पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पनि सामाजिक सञ्जालबाट यसबारे खुसी व्यक्त गर्दै अब सगरमाथा जान सहज हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!