Paywear Banner Desktop
Paywear Banner Desktop

पैसाकै लागि गीत बनाएको भए हटाउने थिइँन : दुर्गेश थापा

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले केही दिनअघि तीज गीत ‘बिच बिचमा २’ ल्याए । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनको यो गीतभन्दा उनले हालै ल्याएको फिल्म ‘मास्टर्नी’ को प्रवर्धन गीत युट्युबबाट हटाइएको कुराले चर्चा पायो ।

यो सन्दर्भमा पत्रकारसँग दुर्गेशको सवालजवाफ पनि भयो । पत्रकारले उनलाई उक्त प्रवर्धन गीत किन बनाएको र हटाएको भन्ने प्रश्नहरू वर्षाए । दुर्गेशले प्रतिप्रश्न गरे– ‘गीत विवादित भयो भनेर आजसम्म कसैले गीत प्राइभेट गरेको देख्नुभएको छ ?’

उनले आफूले कुनै अदालत, प्रशासन वा सरकारी निकायको निर्देशनमा गीत हटाएको नभई दर्शकको भावना सम्मान गर्दै स्वेच्छाले प्राइभेट गरेको दावी गरे । ‘मलाई कसैले पत्र काटेर गीत हटाउन भनेको होइन । दर्शकको अनुरोधलाई सम्मान गर्दै मैले आफैं प्राइभेट गरेको हुँ । यदि पैसाकै लागि बनाएको भए कहिल्यै हटाउने थिइँन’, उनले भने ।

सो विवादित गीतलाई लिएर आलोचना गर्नेहरूले गीत राम्रोसँग सुनेको भए फरक बुझाइ हुन सक्ने कुरा पनि उनले गरे । ‘हरेक गीत सुन्दा र त्यसबारे गाउँदा राम्रोसँग गाएको भए राम्रो सनिन्थ्यो होला नि’ भन्दै पत्रकारलाई प्रश्न गरेका छन् ।

दुर्गेशले उक्त गीतमा आफूबाट कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सच्याउने उद्देश्यले हटाएको पनि स्पष्ट पारे ।

तीज गीत ‘बिचबिचमा २’ परम्परागत शैलीको तीज गीतभन्दा नाच्न मिल्ने शैलीमा तयार भएको उनले बताए । ‘तीज गीतको सट्टा नेपाली गीतमै रमाउन सकियोस् भन्ने उद्देश्यले गीत बनाइएको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!