Paywear Banner Desktop
Paywear Banner Desktop

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

काठमाडौं । छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए ।

महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ।

सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए ।

छठ पर्व मनाउने आफ्ना कर्मचारीहरूलाई भने विभागले सोमबार बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!