काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित घरमा बिहीबार बेलुका छापा मारेको छ ।
मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा उनलाई बिहीबार नै भारतबाट पक्राउ गरिएको थियो ।
सीआईबीको नियन्त्रणमा रहेका अर्याललाई म्याद थपका लागि शुक्रबार अदालत लैजाने प्रहरीको तयारी छ ।
त्यसअघि सो प्रकरणसँग जोडिएका कागजात भेटिनसक्ने आशंकामा सीआईबीले उनको घरमा छापा मारेको हो ।