Paywear Banner Desktop
Paywear Banner Desktop

बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलिब्रिज तथा पहुँच सडकमा क्षति पुर्याएको छ ।

प्रारम्भिक विवरणअनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवद्र्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । साथै, केही निर्माण उपकरणसमेत बगाएको विवरणमा उल्लेख छ ।

त्यसैगरी, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना, ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।

बाढीका कारण केही आयोजनाका क्याम्प क्षेत्रका घरमा क्षति पुगेको, बेलिब्रिज बगाएको तथा केही पुलमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ । यस्तै, निर्माण सामग्री तथा उपकरण बगाएको र आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा पुलमा समेत क्षति पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!