Paywear Banner Desktop
Paywear Banner Desktop

भाटभटेनीको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला हुने

काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगालस्थित शाखा आज मंगलबारदेखि चौबिसै घण्टा खुला हुने भएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएको जनाए ।

यसअघि भक्तपुरको राधेराधेबाट भाटभटेनीको चौबिसघण्टे सेवा सुरु भएको थियो । टंगाल शाखा भाटभटेनीको पहिलो शाखा समेत हो ।

४२ वर्षअघि व्यवसायी मीनबहादुर गुरुङले टंगालबाट स्टोर सुरु गरेका थिए । हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् । भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो ।

टंगालस्थित भाटभटेनी सुपरस्टोर पनि जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी गत असोज ५ गतेदेखि टंगाल शाखा ग्राहकहरूका लागि औपचारिक रूपमा खुला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!