Paywear Banner Desktop
Paywear Banner Desktop

अनमोल केसी स्टारर ‘बाटुलो जुन’ फिल्मको गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’ समावेश गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ युट्युब भिडियो ट्रेण्डिङतर्फ नेपालमा शीर्ष स्थानमा आएको छ ।

बडादशैंको घटस्थापनाको दिन सार्वजनिक भएको गीतको भिडियोले ‘युट्यूव वर्ल्ड टप’ अन्तर्गत नेपालमा शीर्ष स्थान ओगट्न सफल भएको हो ।

२ दिनमा ५ लाखभन्दा धेरैपटक हेरिएको गीतको भ्यूजलाई फिल्म निर्माण युनिटले वास्तविक भनेको छ । केही दिन पहिले सार्वजनिक टिजरमा पनि यहि प्रकारले दर्शक इन्गेज भएको र गीतमा पनि विशुद्ध अर्गानिक भ्यूज मिलेको निर्माताको दाबी छ ।

समग्र भिडियो ट्रेण्डिङतर्फ गीतले पहिलो स्थान कब्जा गर्दा यस फिल्मको टिजर युट्युबको मूभी चार्टतर्फ शीर्ष स्थानमै छ । कार्तिक २६ मा प्रदर्शनमा आउने फिल्मका सुरुवाती प्रचार सामग्रीमा नै दर्शकको झुकावले फिल्म प्रतिक्षित बन्दै गएको देखिन्छ ।

गीतमा प्रमुख अभिनेता अनमोल केसी र डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको संरचना समेटेर तयार पारिएको भिडियोमा कलाकारले पनि प्रशंसनीय अभिनय पस्केका छन् । अनमोलसँगै प्रिन्सीको प्रस्तुतीले दर्शक तथा फिल्म शुभचिन्तकबाट चर्चा र प्रशंसा पाइरहेको छ ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको पटकथा लेखन रहेको फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा फिल्मका सह-निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!