Paywear Banner Desktop
Paywear Banner Desktop

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!