Paywear Banner Desktop
Paywear Banner Desktop

राष्ट्रपतिसमक्ष भारत, चीन र इजरालका लागि नेपाली राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलसमक्ष गणतन्त्र भारतका लागि राजदूत डा निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा शपथ लिएका हुन् ।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणपछि भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कुमार कर्णले शपथसम्बन्धी कागजातमा हस्ताक्षर गर्दै।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!