Paywear Banner Desktop
Paywear Banner Mobile

खुम्बु पासाङल्हामू गाउँपालिकाका सबै कार्यालय आइतबार पनि खुल्ने

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ।

गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले आइतबारसमेत गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था सञ्चालन गर्ने निर्णय गरेको हो।

यो निर्णय मंसिर १३ अर्थात् आजैदेखि लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जारी गरेको सूचनामा भनिएको छ।

सरकारले गत चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा देखिएको असहजता तथा इन्धन खपत व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

खुम्बु पासाङल्हामु गाउँपालिकाले तीन वटा कारण देखाएर आइतबार पनि पालिकाभित्रका सबै कार्यालय खोल्ने निर्णय भएको जनाएको छ।

गाउँपालिकाले भौगोलिक अवस्था, इन्धन खपत, स्वास्थ्य सेवाको संवेदनशीलता र नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई निर्णयको कारण बताएको छ।

‘यहाँको भौगोलिक बनावट र सवारीसाधनमा पेट्रोलियम पदार्थको प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा कम हुने भएकाले इन्धन बचतका लागि सातामा दुई दिन बिदा दिनु सान्दर्भिक देखिएन,’ पालिकाले भनेको छ।

त्यस्तै, आइतबार स्वास्थ्य संस्थामा बिदा दिँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा समेत कठिनाइ हुने गाउँपालिकाको भनाइ छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि अपराह्न ५ बजेसम्म र शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुनेछ।

जाडोयाममा भने माघ १५ गतेसम्म आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय खुल्नेछ। शुक्रबारको समय भने यथावत् रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!