Paywear Banner Desktop
Paywear Banner Mobile

सेलिब्रेटी कुकुर ‘आलोका’ बौद्धमा, रविमार्फत सरकारलाई विपद्को लागि सहयोग प्रदान

काठमाडौं । थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘आलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुगेका छन् । उनीहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा विश्व शान्तिको कामना गरेका छन् ।

सोही अवसरमा काठमाडौंको बौद्धस्थित का-न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एण्ड डेभलपमेन्ट ट्रस्ट (गुम्बा) ले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बौद्धमा आयोजित एक कार्यक्रमका बीच गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी १
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!