Paywear Banner Desktop
Paywear Banner Desktop

चीनले २० लाख डलरसहित सुरुङसम्बन्धी विज्ञका दुई सहायता टोली नेपाल पठाउँदै

काठमाडौं । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ ।

यसअघि अन्य दले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले राहत सामग्री पठाइसकेको छ । अन्य आवश्यक सहयोग गर्ने पनि बताएको छ ।

यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ ।

कतिपय विद्युतको आयोजनाको टनेलमा फसेकाहरूको उद्धार हुन बाँकी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी छ ।

अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!