Paywear Banner Desktop
Paywear Banner Desktop

सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको ज्यान गएको छानबिन समितिको निष्कर्ष

कारबाही सिफारिस

काठमाडौँ । साउन १४ मा सिराहामा भएको तनावका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ । सरकारले गठन गरेको सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीले चलाएको गोली नै त्यसदिन उनलाई लागेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

सुनसरीमा दुई समुदायबीच भएको झडप मधेशभरि फैलिँदा भएको सिराहामा भएको तनावका क्रममा यादवको ज्यान गएको थियो । तर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी कसैले पनि गोली चलाएको स्वीकारेका थिएनन् ।

छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीबाटै गोली चलेको पुष्टि भएको बताए । पोस्टमार्टममा संलग्न चिकित्सकहरूको राय पनि पेस्तोलबाट गोली चलेको गोलीले ज्यान गएको भन्ने रह्यो,’ उनले भने, ‘छानबिन समितिमा ब्यालेस्टिक जाँचका विज्ञ पनि हुनुहुन्थ्यो, अन्यत्रबाट गोली चलेको देखिएन ।’

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा २० राउन्ड हवाई फायर भएको भनिएको थियो । तर, सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो । प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले समेत यो विषयमा चासो देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!