Paywear Banner Desktop
Paywear Banner Desktop
Box Office

‘गौंथली’ ले कमायो साढे ७ करोड, ‘रोल नं १’ र ‘भागदौड’ को कति छ ?

अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का फिल्म प्रवर्धनको सिलसिलामा ।

काठमाडौं । चलचित्र विकास बोर्डले गतसाता प्रदर्शन भएका नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।

आइतबारसम्मको हिसाब हेर्दा ‘गौंथली’को कमाइ आक्रामक देखिन्छ । प्रदर्शनको १० दिनसम्म कपिल रिजाल निर्देशित सोसल ड्रामाको कमाइ ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म यो फिल्मलाई २ लाख ६० हजार २५४ जनाले हेरेका छन् । दोस्रो शनिबार फिल्मको कलेक्सन डेढ करोड हाराहारीमा थियो ।

आइतबार र शनिबारको सार्वजनिक बिदामा फिल्मको कलेक्सनमा उछाल देखियो । यो गति कायम रहे सुमन गिरीले निर्माण गरेको फिल्मलाई १० करोडको आँकडा छुन कठिन छैन ।

सोही अवधिसम्म अर्को फिल्म ‘रोल नं १’ ले देशब्यापी १ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । अर्को फिल्म ‘भागदौड’ले १ लाख रुपैयाँ ग्रस कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!