काठमाडौँ । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् ।
चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको छ । ३० वर्षीय मिर पाकिस्तानका अनुभवी स्पिनर हुन् ।
दायाँहाते लेग स्पिन बलिङ गर्ने उनले सन् २०२३ मा न्युजील्यान्डविरुद्ध एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटबाट पाकिस्तानको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।
उहाँले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय दुवै प्रारूपमा खेलेका छन् । मिरले १२ एकदिवसीय र पाँचवटा टी–२० आई खेलमा प्रतिस्पर्धा गरेका छन् ।
पाकिस्तान सुपर लिग, बिग बास लिग, बङ्लादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायत प्रतिष्ठित व्यावसायिक लिगसमेत उहाँले खेलिसक्नुभएको छ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुनेछ ।
