Paywear Banner Desktop
Paywear Banner Desktop

दिल्लीलाई बेवास्ता गर्दै सिधै मुम्बई पुगे अमेरिकी विदेशमन्त्री, गुजरात पनि जाने

मुम्बई । भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुम्बईमा मङ्गलबार भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशको सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

रुबियोले व्यापार सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषय मात्र टुङ्ग्याउन बाँकी रहेको बताए । उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र घोषणा गर्नुपर्नेमा जोड दिए ।

भारत र अमेरिकाबीच प्रमुख राष्ट्रिय हितका विषयमा असाधारण तालमेल रहेको उल्लेख गर्दै उनले दुई देशबीच कूटनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताए । रुबियोले मुम्बईलाई भारतको आर्थिक केन्द्रका रूपमा उल्लेख गर्दै त्यहाँबाट व्यापार र लगानी विस्तारको सम्भावना रहेको धारणा राखे ।

भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ । उहाँको भ्रमणले दुई देशबीच रणनीतिक साझेदारी थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री रुबियो दिल्लीलाई बेवास्ता गर्दै पहिलोपटक सिधै मुम्बई पुगेका हुन् भने उनी गुजरातको जामनगर पनि जाने कार्यक्रम छ । जामनगरतर्फ जानुअघि रुबियोले अडानी समूहका अध्यक्ष गौतम अडानी र टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरणलाई भेटेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!