Paywear Banner Desktop
Paywear Banner Desktop

‘टनेल २६’ को पूर्वनिर्धारित प्रदर्शन स्थगित, विश्वव्यापी रिलिजको तयारी

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ । निर्माताले फिल्मलाई नेपाल र भारतमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी थालेका छन् ।

निर्माता पक्षले विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको हो । बिहीबार साँझ काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माण पक्षले जनाएको छ ।

यसअघि फिल्म शुक्रबारदेखि नेपाल र भारतमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो । तर, प्रदर्शनलाई दुई देशमा मात्र सीमित नराखी विश्वका विभिन्न देशमा पुर्‍याउने उद्देश्यले रिलिज योजना परिवर्तन गरिएको निर्माताले जनाएका छन् ।

निर्माण पक्षका अनुसार फिल्म नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ । त्यसका लागि आवश्यक प्रक्रिया र व्यवस्थापन पूरा भएपछि फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।

फिल्म निर्माणमा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्सलगायतका कम्पनी सहभागी छन् । डोर्जिस प्रोडक्सनका तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सका तर्फबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सका तर्फबाट डीडी किन्ले निर्माण सहकार्यमा जोडिएका छन् ।

फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन् । निर्माणमा सीजी ग्रुपका निर्वाण चौधरीको पनि सहभागिता छ ।

फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन् । यसमा सांगे सेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!