काठमाडौं । मौसममा सुधार आएसँगै यतिबेला पोखरामा प्याराग्लाइडिङ गर्ने पर्यटकको घुइँचो लागेको छ । अहिले पर्यटकीय राजधानी पोखराको मौसम सफा छ भने माछापुच्छ्र्रे र अन्नपूर्ण हिमश्रृंखला स्पष्ट देख्न सकिन्छ ।
साराङकोट डाँडा नजिकको तोरीपानीबाट प्याराग्लाइडिङ गर्ने पर्यटकको लस्कर अहिले देखिन्छ । शरद ऋतु (अटम सिजन) सुरु भएसँगै यहाँको पर्यटन बजारमा चहलपहल सुरु भएको देखिन्छ ।
यतिमात्र होइन, बेनी-जोमसोम सडक खुलेपछि अन्नपूर्ण फेरोको पदयात्रामा रमाउन समेत पर्यटक निस्किन थालेका छन् ।
तस्वीर : राधिका कँडेल/रासस




