Paywear Banner Desktop
Paywear Banner Desktop

टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

जलवायु परिवर्तन र दिगो आर्थिक विकासका क्षेत्रमा गरेको काम तथा पैरवीका आधारमा वाग्ले सूचीमा समेटिएका हुन् ।

रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त जुटाउन गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारसम्बन्धी विचारलाई सूचीमा पर्नुको प्रमुख आधार मानिएको छ ।

वाग्ले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, नीति निर्माण र राजनीतिमा सक्रिय छन् ।

टाइमको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनलगायत पनि समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!