Paywear Banner Desktop
Paywear Banner Desktop

‘एक्का तीन’ मा सुशील श्रेष्ठको प्रवेश, पूजा र कवितामध्ये कसको जोडी ?

काठमाडौं । मंसिरको पहिलो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’मा अभिनेता सुशील श्रेष्ठको प्रवेश भएको छ । फिल्मको निर्माणपक्ष र सुशीलविच कागजी सम्झौता भइसकेको छ ।

हाल, ‘साम्राज्य’ फिल्मको छायांकनमा रहेका सुशीलले मंसिरको पहिलो साताबाट यो फिल्मलाई समय दिनेछन् । नेपाली फिल्म क्षेत्रमा एक्सन नायकको छवि बनाएका सुशीलको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ ।

रुपेश तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका पूजा शर्मा र कविता नेपाली फाइनल भइसकेका छन् । यी दुई नायिकाले पनि फिल्म क्षेत्रका एक्सनमा आफ्नो छवि बनाइसकेका छन् ।

यसैले, तीन कलाकारहरुको लाइनअपले फिल्ममा बलियो एक्सन रहने कुरामा दुइमत छैन । सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस्ले निर्माण गर्दैछ ।

फिल्ममा सुशीलको जोडीको रुपमा पूजा र पुष्पमा कसले काम गर्न लागेका हुन् भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!