काठमाडौं । प्रहरीले झापालिस भनेर चिनिने चर्चित युट्युब स्ट्रिमर मनिष पाण्डेलाई नियन्त्रणमा लिएर रिहा गरेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएर आइन्दा गाली गलौज र अश्लिल शब्द सामाजिक सञ्जालमा प्रयोग नगर्ने शर्तमा रिहा गरिएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीले सामाजिक सञ्जालमा सामाजिकरुपमा अपाच्य शब्द प्रयोग गर्ने गरेको गुनासोपछि नियन्त्रणमा लिइएको र सम्झाइ बुझाइ छाडिएको जानकारी दिए ।
‘उहाँले आफ्नो गल्ती महसुस गर्नुभएको छ’ झापा प्रहरीले भनेको छ ।
पाण्डे युट्युब स्ट्रिमिङ भिडियोका कारण चर्चित छन् । उनको ‘इस’ नामक युट्युब च्यानलमा साढे ४ लाखभन्दा धेरै सब्सक्राइबर छन् भने फेसबुक, इन्स्टाग्राम र टिकटकमा पनि उनलाई पछ्याउनेको संख्या उच्च छ ।
