Paywear Banner Desktop
Paywear Banner Desktop

कौतुहल जगाउने निरुता सिंह स्टारर ‘सारथी’ को टिजर सार्वजनिक

काठमाडौं । दृश्य सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्म ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक कुमार गजुरेलको सोमबार परेको जन्मदिन अवसरमा १ मिनेट ७ सकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा लालटिन बोकेर रातको समयमा जङ्गलतर्फ लागेका गिरि विश्वकर्माको रहस्यमय यात्रालाई प्रस्तुत गरिएको छ । यात्रामा देखिने अपरिचित आकृति, अचानक भाग्ने घोडा र त्यसको पछि लाग्ने क्रममा देखिने रहस्यमय दृश्यले कौतुहलता जगाएको छ ।

टिजरको अन्त्यमा निरुता सिंह देखिनु र गिरिले उनलाई ‘आमा’ भनेर सम्बोधन गर्नुले कथाबारे दर्शकमाझ विभिन्न प्रश्न उब्जाएको बुझिन्छ ।

निरुता फिल्ममा गिरिको आमाको भूमिकामा छिन् । उनीहरूबीचको सम्बन्ध कस्तो छ ? टिजरले यी प्रश्नको जवाफ खुलाएको छैन् ।

अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएका गिरि विश्वकर्मा रङ्गमञ्च हुँदै फिल्ममा डेब्यू अभिनेताका रूपमा प्रस्तुत भएका छन् । लामो समयपछि निरुता र उत्तम प्रधानलाई एउटै फिल्ममा देख्न पाउनु पनि ‘सारथी’को अर्को आकर्षण हो ।

फिल्ममा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय छ ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् ।

अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् । संकल्प भुजेलको छायांकन रहेको फिल्ममा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन् ।

यो फिल्म मंसिर ११ गते (नोभेम्बर २७) देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!