Paywear Banner Desktop
Paywear Banner Desktop

बिदा मनाउन काठमाडौंमा हलिउड स्टार रिचर्ड गेरे, नेपाली विद्यार्थीसँग बिताए समय

छायांकन सकेर न्यूयोर्कबाट काठमाडौं आइपुगे

काठमाडौँ । हलिउड अभिनेता रिचर्ड गेरे अहिले नेपालमा छन् । न्यूयोर्कमा अभिनेत्री डायना सिल्भर्सलेसँगको नयाँ रोमान्टिक फिल्म ‘असिमेट्री’को छायांकन पूरा गरेर उनी बिदा मनाउन नेपाल आएका हुन् ।

बिहीबार मात्रै गेरेले काठमाडौंस्थित टेर्गार स्कुलको भ्रमण गरे । भ्रमणका क्रममा उनले विद्यालयका कक्षाकोठा अवलोकन गर्नुका साथै विद्यार्थीहरूसँग समय बिताएका छन्।

गेरेलाई विद्यालय परिसरमा मिंग्युर रिन्पोछे लगायतले स्वागत गरेका थिए। उनीसँग अन्य अतिथिहरू पनि भ्रमणमा सहभागी थिए।

भ्रमणका क्रममा गेरेले टेर्गार स्कुल्सको सिकाइ पद्धति (टेर्गार स्कुल्स मोडल अफ लर्निङ) र शिक्षासम्बन्धी मिंग्युर रिन्पोछेको दृष्टिकोणबारे जानकारी लिएका थिए।

भ्रमणपछि गेरेले विद्यालयको शैक्षिक पहलको प्रशंसा गर्दै नयाँ र अर्थपूर्ण काम सुरु गर्नु प्रेरणादायी रहेको बताएका थिए।

उनले भनेका थिए, ‘तपाईंहरूले निकै राम्रो काम गरिरहनुभएको छ। यति नवीन र अर्थपूर्ण काम सुरु गर्नु वास्तवमै प्रेरणादायी छ। यहाँ भइरहेको अद्भुत कामका लागि धन्यवाद।’

छायांकन सकेर न्यूयोर्कबाट काठमाडौं आइपुगे

केही दिनअघिसम्म गेरे र अभिनेत्री डायना सिल्भर्सले नयाँ रोमान्टिक फिल्म ‘असिमेट्री’को छायांकन गरिरहेका थिए । लिसा हलिडेको सन् २०१८ मा प्रकाशित सोही नामको उपन्यासमा आधारित फिल्मको छायांकन अमेरिकाको न्युयोर्क सहरमा भइरहेको थियो ।

एडवार्ड ज्विकको निर्देशनमा बनिरहेको फिल्ममा गेरेले चर्चित लेखक एज्रा ब्लेजर र सिल्भर्सले युवा सम्पादकीय सहायक एलिसको भूमिका निर्वाह गरेका छन्।

फिल्मको कथा एलिस र एज्राबीच विकसित हुने प्रेम सम्बन्धमा केन्द्रित छ। न्युयोर्कको सेन्ट्रल पार्कमा संयोगवश भेट भएपछि उनीहरूबीच निकटता बढ्दै जान्छ। उमेर र जीवनका फरक चरणमा रहेका यी दुई पात्रको सम्बन्धले दुवैको जीवनमा परिवर्तन ल्याउने कथावस्तु फिल्ममा समेटिएको छ।

फिल्मको छायांकन सन् २०२६ को जुलाईको सुरुदेखि न्युयोर्कमा सुरु भएको थियो। गेरे र सिल्भर्सलाई विभिन्न स्थानमा छायांकन गरिरहेको अवस्थामा देखिएको थियो।

हलिडे, ज्विक र मार्सल हर्सकोभिट्जले फिल्मको पटकथा लेखेका हुन्। फिल्मको प्रदर्शन मिति भने सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी २
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!