Paywear Banner Desktop
Paywear Banner Desktop

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

राखेपको कार्यकारी समितिले आज एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । परिषद्ले निर्णय कार्यान्वयनमा आएसँगै एन्फामाथि लगाइएका प्रशासनिक र आर्थिक रोकावट पनि हटेको जनाएको छ ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई सम्बोधन गरी पठाएको पत्रमार्फत प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी दिएका छन् ।

पत्रमा एन्फाले गत अप्रिल ५ मा पठाएको पत्रमार्फत गरेको अनुरोध तथा परिषद्बाट यसअघि विभिन्न समयमा जारी गरिएका पत्राचारलाई आधार बनाएर निलम्बन र प्रतिबन्ध हटाइएको उल्लेख छ ।

पत्रमा भनिएको छ, “राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार एन्फामाथि लगाइएका निलम्बन तथा प्रतिबन्धहरू फुकुवा गरिएको जानकारी गराइन्छ । यससँगै एन्फामाथि लगाइएका सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध पनि हटाइएको छ ।”

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ९३० लाई आधार बनाएर प्रतिबन्ध फुकुवाको निर्णय गरेको पत्रमा उल्लेखक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!