Paywear Banner Desktop
Paywear Banner Desktop

स्वर्णिम वाग्लेको अभिव्यक्तिबारे राजेश हमाल : अर्थमन्त्रीले पदको सीमा नाघे

काठमाडौं । अभिनेता राजेश हमालले पछिल्लो समय राजनीतिक टिप्पणी पनि गर्दै आएका छन् । उनीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै भारतमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।

वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हमालले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् । नेपालले लामो समयदेखि लिँदै आएको परराष्ट्र नीतिको मर्ममा अर्थमन्त्रीको अभिव्यक्तिले असर पार्ने उल्लेख गरेका छन् ।

हमालले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाइन नहुने धारणा पनि व्यक्त गरेका छन्।

अर्थमन्त्री वाग्लेले भारतको टीभी च्यानल एडीटीभीले आयोजना गरेको कार्यक्रममा नेपालमा भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको धारणा राखेका थिए । उनको उक्त अभिव्यक्तिको नेपालमा विरोध भइरहेको छ । यसैसन्दर्भमा अभिनेता हमालले पनि यसबारे टिप्पणी गरेका हुन् ।

अभिनेता नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्।

उनले कुनै पनि मन्त्री वा पदाधिकारीले व्यक्तिगत धारणा अथवा राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुने बताएका छन्।

‘नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वेच्छा वा तत्कालीन राजनीतिक स्वार्थअनुसार सञ्चालन हुने विषय हुनु हुँदैन,’ हमालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक महत्त्वलाई स्वीकार गर्दै छिमेकीसँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

तर, सम्बन्ध विस्तार गर्ने क्रममा नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ छ।

‘नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जरा गाडेर बसेको छ। यस सम्बन्धलाई अझ सुदृढ बनाउनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ,’ हमालले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!