Paywear Banner Desktop
Paywear Banner Desktop

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।

भारी वर्षाका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दोस्रो र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएको छ ।

आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ । वर्षा रोकिएमा ५/५ ओभरको भएपनि खेल गराउने क्यानले जनाएको छ ।

एकमा हार र एकमा जित निकालेको सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!