Paywear Banner Desktop
Paywear Banner Desktop

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन : ध्रुव राठीदेखि अभिजित दिपके पक्राउ

प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नयाँ दिल्ली । मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै भारतको निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको तयारी गरिएको छ ।

प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शन निर्वाचन आयोगमाथि लागेको अनियमितताको आरोपपछि सुरु भएको आन्दोलनको निरन्तरता हो ।

भारतको निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै मतदाता नामावलीको विशेष पुनरावलोकन दोहोरो नाम हटाउन र अयोग्य मतदातालाई सूचीबाट बाहिर राख्न गरिएको जनाएको छ । विपक्षी दल तथा आलोचकले भने यस प्रक्रियाले वास्तविक मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवा पनि रद्द गरिएका छन् । भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ ।

सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ । प्रहरीले यस आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन ।

सन् २०२५ मा सुरु भएको मतदाता नामावली पुनरावलोकनका क्रममा प्रारम्भिक सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको बताइएको छ । यस घटनाले भारतमा निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदान अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ ।

अभिजित दिप्के र ध्रुब राठी पनि पक्राउ

प्रहरीले दिल्ली विमानस्थलमा ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके तथा सह–संयोजकहरू आशुतोष रांका र सौरभ दासलाई विमानभित्रै नियन्त्रणमा लिएको छ । चर्चित युट्युबर ध्रुव राठीलाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले पार्टीको कानुनी मामिला विभागकी प्रमुख रत्ना सिंहलाई पनि नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!