Paywear Banner Desktop
Paywear Banner Desktop

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

नयाँदिल्ली । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच ताज प्यालेस होटलमा भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

‘उहाँहरूबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गर्नुभएको छ’ प्रधानमन्त्री शाहको सचिवालयले भनेको छ ।

प्रधानमन्त्री शाह र जयशंकरबीचको भेटवार्तापछि सोही होटलमा नेपाल-भारत व्यापारिक गोलमेच बैठक आयोजना हुँदैछ।

भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने उक्त बैठकमा नेपाल र भारतका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहनेछ।

बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि शाह र मोदीबीच पहिलोपटक भेट हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!