Paywear Banner Desktop
Paywear Banner Desktop

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भारत भ्रमणमा गएका छन् ।

भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबलगायत विभिन्न मन्त्रालय तथा सरकारी निकायका उच्चपदस्थ अधिकारीहरू रहेका छन् ।

त्यस्तै, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका सचिवालयका कर्मचारी, सञ्चार तथा प्रेस सल्लाहकार, सुरक्षा अधिकारी र शिष्टाचार अधिकृतहरू पनि टोलीमा सहभागी छन् ।

सञ्चारमाध्यमका तर्फबाट गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा समावेश छन् ।

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य, आर्थिक साझेदारी तथा साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!