Paywear Banner Desktop
Paywear Banner Desktop

प्रधानमन्त्रीले गरे एनपीएल उद्घाटन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन गरेका छन् ।

काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै शिक्षामन्त्री सस्मित पोखरेललगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ ।

गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ ।

 

लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी ५ मंसिरसम्म चल्नेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ ।

उपविजेताले ८० लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!