Paywear Banner Desktop
Paywear Banner Mobile

भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय सम्मानसहित स्वागत गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शाहलाई गार्ड अफ अनर प्रदान गरिएको हो।

प्रधानमन्त्री शाहले आजै मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

यसअघि आइतबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। छलफलमा कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धका विषय समेटिएका थिए।

नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्न यो भ्रमणलाई चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!