Paywear Banner Desktop
Paywear Banner Desktop

चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर राणा निर्वाचित

काठमाडौं । नेपाली चलचित्र प्रदर्शक र वितरकको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा युवा व्यवसायी, निर्माता तथा प्रदर्शक प्रज्वल शमशेर राणा निर्वाचित भएका छन् ।

संस्थाको ५२ औं साधारण सभाबाट अध्यक्षसहित विभिन्न कार्यसमिति पदाधिकारी निर्वाचित भए । राणाले अर्का प्रदर्शक तथा वितरक गोपालकाजी कायस्थलाई निर्वाचनमा पराजित गरे ।

राणाको कार्यसमितिमा प्रदर्शकतर्फ खुल्ला सदस्यमा दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योग मल्ल ठकुरी निर्वाचित भए ।

वितरकतर्फ सदस्य पदमा करण श्रेष्ठ र गोविन्दबहादुर शाही निर्वाचित भए । कोशी र मधेश प्रदेशको सदस्यमा चैतन्य बराल, बागमती प्रदेशको सदस्यमा सुरेन्द्रकुमार थापा र विपश्याना श्रेष्ठ निर्वाचित भए ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा डाक्टरसिंह गुरुङमा निर्वाचित भए । निर्वाचित कार्यसमितिको पहिलो बैठक आज आइतबार दिउँसो विशालनगरस्थित कार्यालयमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!