काठमाडौं । चलचित्र विकास बोर्डले आइतबार (२५ असोज) सम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, केही फिल्मको कमाइ निकै कमजोर देखिएको छ भने केहीले सुखद कमाएका छन् ।
‘चंगुल’ले १ लाख ३८ हजार रुपैयाँ मात्र कमाएको छ । यसलाई ४२५ जनाले मात्र हेरेका छन् ।
एभरेस्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’ले सोही अवधिसम्म साढे ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १७४८ जनाले हेरेका छन् ।
कान्समा अवार्ड जितेर चर्चामा आएको ‘एलिफेन्ट्स इन द फग’ घरेलु बक्सअफिसमा भने व्यवसायिकरुपमा असफल भएको छ । यसले १ करोड ३१ लाख रुपैयाँ कमाउँदा ३७ हजार जनाले मात्र यो फिल्म हेरेका छन् ।
‘झिँगेदाउ २’ पनि बक्सअफिसमा असफल भएको छ । १ करोड ४६ लाख रुपैयाँ ग्रस कमाएको यो फिल्मलाई सोही अवधिसम्म ४८ हजार जना दर्शकले हेरेका छन् ।
निखिल उप्रेतीको आचार्य पनि घरेलु बक्सअफिसमा व्यवसायिकरुपमा असफल भएको छ । १ करोड ६२ लाख रुपैयाँ ग्रस कमाएको यो फिल्मलाई ५६ हजार जना दर्शकले हेरेका छन् ।
‘बेहुली’को कमाइ २ करोड ९९ लाख रुपैयाँ ग्रस छ । यो फिल्मलाई १ लाख ६ हजार जनाले हेरेका छन् ।
‘बा : एक योद्वा’ पनि घरेलु बक्सअफिसमा असफल भएको देखिन्छ । ३ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको यो फिल्मलाई १ लाख ७ हजार जनाले हेरेका छन् ।
‘पेन्सन पट्टा’ करिब १० करोड ग्रस कमाउने संघारमा छ । ९ करोड ८८ लाख रुपैयाँ ग्रस कमाएको यो फिल्मलाई ३ लाख ४७ हजार जनाले हेरेका छन् ।
‘गौंथली’को कमाइ २६ करोड २ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ९ लाख ४४ हजार जनाले हेरेका छन् ।
