Paywear Banner Desktop
Paywear Banner Desktop

त्रिभुवन विमानस्थलमा यात्रुले आफ्नो ब्यागेज व्यवस्थापनलाई ‘लाइभ’ हेर्न सक्ने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो ।

यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् ।

यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थाले ‘ब्यागेज ड्रप’ क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासस्वरुप लाइभ फिड सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!