Paywear Banner Desktop
Paywear Banner Desktop

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । महोत्तरीको बर्दिबासमा भैरहेको महाधिवेशनबाट उनी अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि शर्माको मात्र उम्मेदवारी परेको थियो । वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षका लागि खेम सेन्चुरी, देवी घर्ती मगर, खुमन अधिकारी, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, दीपक गरौजा, घनश्याम रिजाल, नवीन पौडेल, पुस्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लले उम्मेदवारी दिएका छन् ।

अन्य पदमा शुक्रबार चुनाव हुने जनाइएको छ ।

९ औं केन्द्रिय महाधिवेशन तथा रजत जयन्तीको अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ दोहोरी रत्नको रुपमा सम्मानित भएका छन् । अन्यलाई पनि सम्मान प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!