Paywear Banner Desktop
Paywear Banner Desktop
एनपीएल

एनपीएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ । टोलीले उनलाई आइतबार टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए ।

“फेबियन एलेन अनुभवी टी-२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,” खड्काले भने ।

३१ वर्षीय एलेन बायाँहाते स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् ।  सुदूरपश्चिमले शनिबार वेष्ट इन्डिजकै अर्का खेलाडी शेरफन रदरफोर्डलाई पनि अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!