Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगरविरुद्ध ४ विकेटको जित निकालेको छ । आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५/५, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय इनिङ खेले ।

उनले ४३ बलमा छ छक्का र एक चौकाको मद्दतमा ६४ रनको इनिङ खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे ।

लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १-१ विकेट लिए । लुम्बिनीको यो जितपछि विराटनगरको प्लेअफ सम्भावना समाप्त भएको छ ।

विराटनगर पराजित भएसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । यसपटक लुम्बिनीका साथै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!