Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : काठमाडौं चौंथो जितसहित प्लेअफ नजिक, चितवन पराजित

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १० रनले हराएको छ।

पाँच खेलबाट चौथोजितका साथ ८ अंक जोडेको काठमाडौं प्लेअफ नजिक पुगेको छ। चितवनको भने पाँच अंकका साथ चौथो स्थानमा कायम छ।

जितका लागि पाएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन मात्रै बनाउन सक्यो। उसका रवि वोपराले अर्धशतक हिर्काउदै ५५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

काठमाडौंका सहान अरचन्चिकाले २ विकेट हात पारे।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनायो। जसमा राशिद खानले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए।

चितवनका रिजन ढकालले ३, सिकन्दर राजा र कमलसिंह ऐरीले २र२ विकेट हात पारे। आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!