Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन् ।

यी दुई टोलीबीचको फाइनल प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजेदेखि सुरु हुनेछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । उसले गत संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।

सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो ।

हालसम्म एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमबीच पाँच खेलमा भेट भएको छ । जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!