Paywear Banner Desktop
Paywear Banner Desktop

यस सिजनको इंग्लिस प्रिमियर लिगमा लागू हुनेछन् यी नयाँ नियम

काठमाडौं । विश्व फुटबलको नियम बनाउने निकाय (आएफएबीं) र इंग्लिस प्रिमियर लिगले २०२६/२७ सिजनका लागि नियममा केही महत्वपूर्ण परिवर्तनहरू गरेका छन्।

यसको मुख्य उद्देश्य खेललाई छिटो बनाउनु र समय खेर फाल्ने प्रवृत्तिलाई रोक्नु हो। जसमा मुख्य परिवर्तन यस्ता छन्।

१) घाइते खेलाडीका लागि नयाँ नियम

यदि खेलको दौरान कुनै खेलाडी घाइते भएर खेल रोकियो भने, उपचारपछि उक्त खेलाडी कम्तीमा १ मिनेट मैदान बाहिरै बस्नुपर्नेछ। यसअघि यो समय ३० सेकेन्ड मात्र थियो।

२) थ्रो-इन र गोलकिकमा (५ सेकेन्ड) को नियम

खेलाडीले थ्रो-इन वा गोलकिक गर्दा जानीजानी ढिलो गरेमा रेफ्रीले ५ देखि १ सम्म उल्टो गन्ती गर्नेछन्। यदि ५ सेकेन्डभित्र बल प्रहार गरिएन भने थ्रो–इनको हकमा विपक्षी टोलीले थ्रो-इन पाउनेछ। गोलकिकको हकमा विपक्षी टोलीले कर्नर किक पाउनेछ।

३) खेलाडी परिवर्तन गर्दा समय सिमा

मैदानबाट बाहिरिने खेलाडीले १० सेकेन्ड भित्र मैदान छाडिसक्नुपर्नेछ। यदि १० सेकेन्डभन्दा बढी समय लगाएमा, उनको सट्टामा छिर्ने नयाँ खेलाडीले खेल सुरु भएको अर्को १ मिनेटसम्म मैदान छिर्न पाउने छैन।

४) दोस्रो पहेँलो कार्डमा भारको प्रयोग

अहिलेसम्म दोस्रो पहेँलो कार्ड (जसले गर्दा खेलाडीले रातो कार्ड पाउँछ) मा भारले हस्तक्षेप गर्दैनथ्यो। अबदेखि यदि रेफ्रीले गल्तीवश दोस्रो पहेँलो कार्ड दिएको देखिएमा भारले त्यसलाई सच्याउन सक्नेछ।

५) गोलकिपरको ‘रणनीतिक टाइम-आउट’ रोक्ने नियम

धेरै टोलीहरूले खेलको गति बिगार्न गोलकिपर घाइते भएको बहाना गर्ने गर्छन्। अबदेखि गोलकिपर घाइते भएर खेल रोकिएमा प्रशिक्षकले मैदानमा रहेका अन्य खेलाडीमध्ये एकजनालाई तुरुन्तै मैदान बाहिर पठाउनुपर्नेछ। ती खेलाडी खेल पुनस् सुरु भएको १ मिनेटसम्म बाहिरै बस्नुपर्नेछ। यो नियम यसै सिजन परीक्षणको रूपमा लागू गरिनेछ। बाहिर जाने खेलाडी पहिले नै नोमिनेट गर्नु पर्नेछ।

६) भार र फाउलको मापदण्ड

एक अर्कालाई छुएको सबैलाई फाउल मानिने छैन। खेललाई नरोकिकन अघि बढाउने नीति लिइनेछ। अफसाइड छिटो चेक गर्न ुसेमी(अटोमेटेडु प्रविधिको प्रयोग गरिनेछ।

के-के परिवर्तन हुने छैनन् ? (पुरानै नियम कायम)

– गल्तीवश दिइएको कर्नरलाई भारले सच्याउने छैन।

– ३० डिग्री सेल्सियस भन्दा कम भएमा पानी पिउने ब्रेक दिइने छैन।

– मुख छोपेर बोलेको आधारमा मात्र रातो कार्ड दिने विशेष नियम लागू हुने छैन (पुरानै विभेद विरोधी नियम लागू हुनेछ)।

– एकपटक मात्र पाएको पहेँलो कार्ड ९दोस्रो होइन भने० भारले रिभ्यु गर्न पाउने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!