Paywear Banner Desktop
Paywear Banner Desktop

कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन कार्यतालिका प्रकाशित भएको छ।

यसअघि केन्द्रीय समितिले गरेको केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राख्दै तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गरी केन्द्रीय निर्वाचन समितिले मंगलबार कार्यतालिका प्रकाशन गरेको हो।

यस अनुसार गाउँ र नगर वडा अधिवेशन भदौ २४ गते हुने भएको छ। गाउँ र नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते, जिल्ला अधिवेशन असोज ७ गते, प्रदेश अधिवेशन असोज १० गते र पन्ध्रौं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ।

यसअघिको कार्यतालिकालाई निर्वाचन समितिले केही हेरफेर गरी प्रकाशित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!