Paywear Banner Desktop
Paywear Banner Desktop

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

अस्ट्रेलियाबाट सुरु भएको नेपाली प्रविधि पहल

क्यान्बेरा (अस्ट्रेलिया) । नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।

फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो । नेपालमा मात्र नभई अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै डिजिटल सञ्जालमा जोड्ने यसको मुख्य उद्देश्य छ ।

चितवनका उज्ज्वल खनालको पहलमा सुरु भएको थोप्लाको अवधारणा सन् २०२१ तिरै अघि सारिएको थियो। अस्ट्रेलियामा अध्ययन र रोजगारीसँगै सूचना प्रविधिप्रतिको रुचिलाई निरन्तरता दिँदै उनले साथीहरूसँग मिलेर यस प्लेटफर्मलाई थप विकसित गरेका हुन्।

थोप्लामा प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी तथा छोटा भिडियो (रिल्स) सार्वजनिक गर्न, एकअर्कालाई फलो गर्न, कमेन्ट तथा सन्देश आदानप्रदान गर्न सक्छन्। साथै, अडिओ तथा भिडियो कल र सामूहिक कुराकानीका लागि च्याट रुमको सुविधा पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!